जनकपुरधाम । समाजवादी प्रेस संगठन मधेस प्रदेशको अध्यक्षमा प्रविन साह चयन हुनु भएको भएका छन् । शनिबार जनकपुरधाममा सम्पन्न प्रथम अधिवेशनले साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा रमेश सुवेदी, सहसचिवमा प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादव चयन भएका छन् । यसैगरी सदस्यमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भू श्रेष्ठ,उपाध्यक्ष तथा प्रचार विभाग सचिव प्रकाश खतिवडा, सङ्गठनका महासचिव भूपराज खड्का लगायतको उपस्थिति थियो ।