काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र राखिने भएको छ ।
चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग–अलग मतपत्र हुनेछ ।
स्थानीय तह निर्वाचनमा दलहरुले गठबन्धन गरेपनि दर्ता भएका सबै दलको चुनाव चिह्न छापिएका कारण मतपत्र धेरै ठूलो हुनुका साथै धेरै मत बदर पनि भएको थियो ।