November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादी भक्तपुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला क्षेत्र नं. १ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाको प्रमुख आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले आसन्न प्रतिनिधि तथा प्रदेश निर्वाचनमा कसैको भर नपरी आफ्नो पार्टी र सङ्गठनलाई बलियो बनाएर जानुको विकल्प नभएको बताए । उनले एकीकृत समाजवादी पार्टी लाई कसरी जनताको भरोसा योग्य पार्टी बनाउने हो भन्ने सवालमा सबै कार्यकर्ताहरू आजै बाट लाग्न जरुरी भएको उनको भनाई थियो ।

भक्तपुर निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष बासुदेव खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत, विदेश विभाग सदस्य ओमचरण आमात्य लगायतले बोलेका थिए ।

Advertisement

चाँगुनारायण नगर कमिटीका अध्यक्ष अन्जना पोखरेलले स्वागत गर्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पद र पैसाको लोभमा नपर्न अनुरोध गरे ।