November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने भएका छन् । यी दुई दलबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा साझा चुनावचिह्न लिएर जाने सैद्धान्तिक सहमति भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष भट्टराईबीच आइतबार एउटै चुनावचिह्न र समाजवादउन्मुख घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको भएको थियो ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि आज सकिँदैछ ।

Advertisement