November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ । संघको केन्द्रिय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेका छन् ।

बैठकमा ७७ जिल्ला कमिटीको पुनर्गठन, मेचीमहाकाली राष्ट्रिय अभियान, संगठन व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको संघका सचिव नरेश गिरिले बताए ।

बैठकलाई नेकपा एसका उपमहासचिव एवम् मोर्चा प्रमुख डा.बिजय पौडेल, पोलिट्व्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलु पन्त र संगठन विभागका सचिव लक्षण केसिले सम्बोधन गरेका थिए ।

Advertisement

बैठकले संघको केन्द्रीय कार्यलय टिममा संघका उपमहासचिवद्रय सरिता श्रीस र अम्बिका पौडेललाई मनोनीत गरेको छ । यही भदौ २४ र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको सचिव गिरिले बताए ।