November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको विधेयक आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको संभावित कार्यसूचीमा छ ।

राष्ट्रपतिबाट प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार पुनर्विचारको लागि सन्देशसहित फिर्ता गरिएको विधेयक सन्दर्भमा बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार आजै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

Advertisement