काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केही केरअघि सुरू भएको हो ।
पदाधिकारीलाई अन्तिम रुप दिने सम्भावना रहेको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रस्तावित नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ ।
यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।