November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

‘मदन भण्डारी स्कुल अफ एसिया’को तीन हप्ते क्लोज क्याम्प सम्पन्न

काठमाडौं । मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा तीन हप्ते क्लोज क्याम्प सम्पन्न भएको छ । २१ दिन सम्म सञ्चालन भएको क्याम्प आइबार सकिएको हो । समापन कार्यक्रममा मदन भण्डारी स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद दिएका थिए ।

क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न १६ देशका नेताहरूको सहभागिता रहेको थियो । क्याम्पमा अर्जेन्टिना, व्राजिल, युएस, स्पेन, वास्क कन्ट्री, घाना, साउथ एसिया, थाइल्याण्ड, मलेसीया, श्रीलंका, पाकिस्थान, वंगलादेश प्लालेस्टाईन र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताए ।

क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ । क्याम्पमा मार्क्सवाद र लेनिनवादका विविध आयाम, पछिल्लो अनुभवको बारेमा वर्ग संघर्ष, कम्युनिष्ट घोषणापत्र, पुँजीवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरू गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताए ।

Advertisement

विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले माक्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलले बताए ।

प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरू सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव डा. विजय पौडेल, सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायण काजी श्रेष्ठ लगायत विभिन्न देशका नेताहरूले सहजिकरण गरे ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा विश्वभरका कम्युनिष्ट प्रतिनिधिलाई भेला गराएर उदारवादबारे थप जानकारी गराउने उद्देश्यले मदन भण्डारी स्कुल अफ एशियाको संयोजनमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बाँस्कोटाले बताए ।

ग्लोबल स्कुलको रुपमा परिचित उक्त कार्यक्रममा भाग लिन काठमाडौंमा १६ वटा मुलुकका ६० वामपन्थी प्रतिनिधिहरूको सहभागिता थियो ।

समापन कार्यक्रममा तालिममा तयार भएका ७ वटा ग्रुपका गु्रप लिडरहरु वास्क कन्ट्रीवाट एन्दोनि, अमेरीकाबाट रामन, केरलाबाट सिल्पा, ब्राजिलबाट दान्दारा, मलेशियाबाट कृष्टिन र एशिन र वंगालादेशबाट लिडियाले आ–आफ्नो समूहको तर्फबाट धारणा राखेका थिए ।