काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बस्ने छ ।
आज बस्ने गठबन्धनको बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल हुने जनाइएको छ । सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल थालेका हुन् ।
गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भएपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।