November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आधा घण्टामा सकियो प्रतिनिधि सभा बैठक, १ साता स्थगित

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्नि प्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्।

आधा घण्टा सञ्चालन भएको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद कोइरालाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक सदनमा पेश गरेका छन् ।

सभामुख सापकोटाले आगामी भदौ १३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Advertisement