काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आफ्नो प्रथम स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ ।
यहि भदौं १० गते शुक्रबारको दिन समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको अवसरमा हरेक जिल्ला शाखालाई भव्य रुपमा स्थापना दिवस मनाउन केन्द्रीय समितिले निर्देशन दिएको हो ।
मधेश प्रदेश समितिले पनि जिल्ला शाखालाई स्थापना दिवस मनाउन निर्देशन गरेको छ । प्रदेश समितिले जिल्लाका हरेक शाखामा कुनै एक कार्यक्रम गरि स्थापना दिवस मनाउन अनुरोध गरेको छ ।