November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नागरिकता विधेयकका कारण राष्ट्रपति तनावमा, दिनहुँ छलफलमा

काठमाडौं । नागरिकता विधेयकका कारण विवादमा तानिएकी राष्ट्रपति विद्यादेवी भण्डारी आवश्यक रायसुझावको कामलाई तिब्रता दिएकी छन् । प्रतिनिधिसभाले आप्mना सबै सुझावलाई बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग उनी छलफलमा जुटेकी हुन् ।

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी छन् । छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक स्वीकृत गर्दा राजनीतिक दलहरुमा अस्थीरता बढ्ने भएकाले संयमीत हुन आग्रह गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै केही दिनअघि मात्रै प्रतिनिधिसभामा फिर्ता गरिदिएकी थिइन् । तर, २ भदौमा बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक जस्ताको त्यस्तै स्वीकृत गरेपछि राष्ट्रपति चिन्तित बनेकी हुन् । त्यसलगत्तै राष्ट्रपति भण्डारीले मुलुकका बौद्धिक पक्ष तथा सुरक्षा निकायका पूर्व र वर्तमान उच्च पदस्थसँग छलफल गर्दै सुझाव लिँदै आएकी हुन् ।

Advertisement

बुधबार नेपाली सेनाका बहालवाला र पूर्वजर्नेलहरूसँग भएको छलफलमा पूर्वजर्नेलहरूले मुलुकको सार्वभौमिकता जोगाउन राष्ट्रपतिले अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए । बाहिर राष्ट्रपतिले राजीनामा दिनसक्ने हल्ला पैmलाइएकोमा पनि सुरक्षा निकायका पदाधिकारीहरूले चासो राखेका थिए । राजीनामा बारे राष्ट्रपतिले कुनै प्रतिक्रिया दिइनन् । तर राष्ट्रपतिले राजीनामा दिने कुरामा कुनै सत्यता नभएको र यो गलत हल्ला भएको स्रोतको दाबी छ । यद्यपी, सत्तारुढ दलका नेताहरु भने राष्ट्रपतिले राजीनामा दिनुमै उत्तम हुने प्रतिक्रिया दिंदै आएका छन् ।