काठमाडौं । पुर्वमन्त्री सरीता गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । हालैमात्र सद्रभावना पार्टी परित्याग गरेकी उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जालमा बिहीबार ट्विट गर्दै लेखेकी छन्, ‘म सिरहाको १ नं निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु ।’
उनले सबैसँग आफुलाई सहयोग गर्न पनि आग्रह गरेकी छिन् । भर्खरै पार्टी छाडेकी गिरीले कुनै दल वा स्वतन्त्रबाट चुनाव लड्ने भने खुलाएकी छैनन् ।
उक्त क्षेत्र नेपाली काँग्रेसका नेता स्व.प्रदिप गिरीको निर्वाचन क्षेत्र हो । दिवगंत नेता प्रदीप गिरी उनका जेठाजु हुन् ।