November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नेपाललाई संसारको उत्कृष्ट पर्यटन गन्तव्य बनाउन सबै क्षेत्रको सहयोग र योगदान आवश्यक छ: मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई संसारको उत्कृष्ट पर्यटन गन्तव्य बनाउनका लागि सबै क्षेत्रको सहयोग र योगदान आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा हिमालयन उद्धार संघ नेपालको ४८ औं साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने विकृतिले समग्र नेपालकै पर्यटन क्षेत्रमा असर पर्ने भन्दै यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले आगामी दिनमा हवाई उद्धार सेवालाई व्यवस्थित बनाउँदै लैजानुपर्ने धारणा राख्दै मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले अघि सारेको कार्ययोजनालाई पुरा गरेरै छाड्ने बताए ।

Advertisement

कार्यक्रममा संघले गत आर्थिक वर्षमा हिमालय क्षेत्रबाट नेपाली र विदेशी गरी एक हजार ७० जनाको उद्धार गरिएको जनाएको छ ।