काठमाडौं । हरितालिका तीजको सन्दर्भ पारेर अखिल नेपाल महिला संघ (समाजवादी) ले आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता कसरी भन्ने विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ ।
अनेमसंघ समाजवादीको केन्द्रीय कमिटीले आइतबार ११ः३० बाट काठमाडौं ब्याङ्क्वेट थापागाउँ नयाँ बानेश्वरमा कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछने भने गठबन्धनमा संलग्न सबै दलका शीर्ष नेताहरू समेत वक्ताको रुपमा रहने बताइएको छ ।
कार्यक्रममा गठबन्धनमा आवद्ध सबै राजनैतिक दलका महिला सङ्गठनका प्रमुखहरूको समेत उपस्थिति हुने अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले बताइन् ।