November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

महाअभियोग निष्क्रिय भइसक्यो, मैंले न्याय पाउनुपर्छ : चोलेन्द्रशमशेर जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राखेका छन् । त्यस क्रममा उनले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गरे ।

बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उनले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गरेका हुन् ।

नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उनको तर्क छ । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताए । उनले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबीसहित न्याय दिन आग्रह गरे ।

Advertisement

उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

जबराले बयानका क्रममा आफू पछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षाका कारण नै आफूलाई महाभियोेगतिर धकेलिएको आरोपसमेत लगाएका छन् । उनले आफूले अस्वीकार गरेका कारण आफूमाथि महाभियोगको खेल खेलिएको बताएका छन् ।

जबराले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएकोसमेत बताएका छन् । उनले आफू विधिको पद्धतिबाट आएको भन्दै पार्टी र मिडियाको दबाबमा नपर्नेसमेत बताएका छन् ।