August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

युवा संघ नेपालको महाकाली मेची जागरण अभियान महेन्द्रनगरबाट सुरु

२०७९ भाद्र १७

महेन्द्रनगर । युवा संघ नेपालले महाकाली मेची जागरण अभियान सुरु गरेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट शुक्रबार बिहान सुरु भएको अभियान महाकाली नदीमा नुहाएर प्रारम्भ भएको हो ।

उक्त अवसरमा युवा संघको नेतृत्वमा गएको टोलीले सिमानामा राष्ट्रिय झण्डा गाड्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिवद्धता जाहेर गर्दै कोणसभा समेत सम्पन्न गरेको थियो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा मोर्चा विभाग प्रमुख डा.विजय पौडेल ,राष्ट्रिय सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरीमा शाह, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री तथा पार्टीका नेता शेरबहादुर कुँवर, पार्टीका पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज दिलु पन्त ,पार्टीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सम्बोधन गरे ।

Advertisement

जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानको रुपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने युवासङ्घका महासचिव सन्जिप राईले बताए ।