काठमाडौं । सत्ता गठबन्धको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । घटकका पाँच दलका शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बस्ने बैठकमा आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोजिने जनाइएको छ । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः बैठक बस्न लागिएको हो ।