November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधिसभा र चिनियाँ जनकंग्रेसबीच ६ बुँदे समझदारी

काठमाडौं : नेपालको प्रतिनिधिसभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सभामुख अग्नि सापकोटा​काे निमन्त्रणामा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुको औपचारिक नेपाल भ्रमण भएकाे हो। भ्रमणका क्रममा सोमबार दुई देशको संसद्‍बीच समझदारी पत्रमा हस्ताक्षर गरिएकाे हो। समझदारी पत्रमा नेपालका सभामुख अग्नि सापकोटा र चान्शुले हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चीरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसद्‌बीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ।

Advertisement

पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने उल्लेख छ।

समझदारी पत्रमा दुई संसद्‌बीच भ्रमणको आदान प्रदान बढाउने, संसद्‌का मैत्री समूहहरूलाई सक्रिय बनाउने जस्ता कुरा पनि उल्लेख गरिएको छ।

समझदारीपत्र