November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नागरिकताविहीन युवाहरूद्धारा काठमाडौंको माइतीघरमा धर्ना

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती भएको भन्दै नागरिकताविहीन युवाहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरू गरेका छन् । दुवै संसद्बाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन ढिलासुस्ती भएको साथै विधेयक आफूहरूको भाग्य र भविष्यसँग जोडिएको भन्दै जारी गरिदिन उनीहरुले राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन् ।

नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् । उनीहरुले संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानून नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको बताउछन् ।

आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट बञ्चित गर्ने प्रयास भइरहेको संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले बताए ।

Advertisement

प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा मंगलबार सकिँदैछ । मंगलबारसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरे त्यो कार्यान्वयनमा जाने छैन