काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पस गेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । सत्तारुढ गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले उनको पुत्ला दहन गरेका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संविधान माथि कु’ गरेको र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले पुत्ला दहन गरेका हुन् ।