झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट हाल्न आब्हान गरेका छन् । उनले सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने चेतावनी समेत दिएका छन् ।
‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने ।
धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।
एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओली पुगेका हुन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।