November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

काठमाडौं ७(ख)का उम्मेदवार सविन तामाङ भन्छन्: मेरो क्षेत्र नमूना बनाउँछु, जीवन्त समस्या समाधान गर्छु

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख)तर्फ प्रदेश सभा सदस्य उम्मेद्वार सबिन तामाङले आफु जनताको सेवाका निम्ति उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै तामाङले ‘मेरो सामु जनताको ठूलो आशा र भरोसा छ ,यहाँको जीवन्त समस्याहरु समाधान गर्नुछ, जनतालाई धुवा र धुलोमुक्तिका निम्ति सडका निर्माणको कार्यलाई तिव्रता दिनु छ । यातायातको सुव्यवस्थित गर्न पहलकदमी लिनु छ । यहाँको ग्रामीण बस्तीको प्रदेश सरकार मार्फत् शिक्षा स्वास्थ्य र सडकको पूर्वाधारमा काम गर्नु छ । यहाँको किसानहरुले भोगिरहेको समस्यालाई नीतिमार्फत हल गर्नु छ,’ भने ।

यहाँको व्यवस्थित शहरी क्षेत्रका निम्ति स्थानीय सरकारसँग हातेमालो गर्दै यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई उपत्यकाको प्रमुख गन्तव्य स्थल र आकर्षणको रुपमा व्यवस्थित गर्नुपर्ने लगायत कामहरु आफुले गर्ने तामाङले जोड दिए ।

Advertisement

उनले आफु निर्वाचित भएपछि सिंहदरबारको अधिकार वडा वडामा पुर्याउन पहलकदमी लिने समेत बताए र आफ्नो जोड विकेन्द्रीकरण मार्फत् मुलुकलाई समुन्नति र संघीयतालाई सुदृढ बनाउन योगदान गर्ने बताए ।