November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

आगामी निर्वाचनका लागि आज सबै मतपत्र छपाइ सम्पन्न हुने

२०७९ कार्तिक १८

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको काम आज सम्पन्न हुने भएको छ। 

प्रत्यक्षतर्फ केही जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेकाले आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र पठाउँदैछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ४ प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतपत्र ढुवानी सम्पन्न भइसकेको छ। 

हिजो मनाङ र मुस्ताङ जिल्लाको मतपत्र हेलिकोप्टरबाट ढुवानी भएसँगै ४ वटा प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको हो। आयोगले सुरुमा समानुपातिकतर्फको मतपत्र छपाई सम्पन्न गरेर प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु गरेको थियो। 

Advertisement

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ ।  कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने छ ।