September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

काठमाडौंमा हुन थाल्यो अघोषित लोडसेडिङ

काठमाडौं-काठमाडौं उपत्यकामा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको छ। उपत्यकामा अहिलेसम्म विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम भए पनि प्राधिकरणले व्यवस्थापन गर्न नसक्दा अघोषित लोडसेडिङ हुन थालेको हो। 

उपत्यकाका अधिकांश स्थानमा दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुने गरेको हो। विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार गत पुस १२ गते काठमाडौं उपत्यकामा विद्युतको अधिकतम माग ३७६ मेगावाट थियो। जबकि गत वर्षको यही दिन विद्युत माग ४२४ मेगावाट थियो।

गत वर्षको तुलनामा यो वर्षको आइतबार ५० मेगावाट थोरै विद्युत माग भए पनि काठमाडौंका अधिकांश क्षेत्रमा बत्ती काटिएको थियो। 

Advertisement

यस्तै काठमाडौंमा पुस १३ गते पनि गत वर्षको भन्दा विद्युत माग ७० मेगावाटले थोरै थियो। गत वर्षको पुस १३ गते ४४३ मेगावाट अधिकतम माग थियो। जबकि यो वर्ष पुस १३ गते काठमाडौंमा ३७७ मेगावाट विद्युत माग थियो।