November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमाले उम्मेदवार जालिम मियाविरुद्ध निर्वाचन आयोगमा उजुरी

२०७९ कार्तिक ३०

वीरगञ्ज । पर्सा–४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाविरुद्ध सोही क्षेत्रका काँग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् ।

रिजालले मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । उनले निर्वाचन आचार संहिता विपरित पहाडी समुदायलाई लक्षित गरेर गाली गलौज गरेकोले कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्् ।

पहाडी समुदायलाई गाली गरेको मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको जनाइएको छ ।

Advertisement