काठमाडौं । ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु (कुकर) फेला परेको छ । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला निर्वाचन कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको हो ।
केही समयअघिमात्र फेला परेको शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली गइरहेको प्रहरीले जनाएको छ ।