काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यस्तो सहमति जुटेको जनाइएको छ ।
स्रोतका अनुसार १६६ सांसदको समर्थन जुटेको जनाइएको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।