काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार शपथ ग्रहण गर्दैछन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिनुहुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । नेकपा एमालेको पहलमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका हुन् । यसअघि उनी ०६५ र ०७३ मा प्रधानमन्त्री बनेका थिए ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । सुरुमा माओवादी र एमालेबाट केही मन्त्री नियुक्त गर्ने तयारी छ ।
एमालेबाट विष्णु पौडेलले सरकारको नेतृत्व गर्दैछन् । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुहुने चर्चा चलेको छ । माओवादीका नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने चर्चा पनि चलेको छ ।