November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्न केपी ओली खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा छलफल गर्न उनी खुमलटार पुगेका हुन् ।

आजको भेटमा मन्त्रीपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल हुने बताइएको छ ।

Advertisement