काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदैछन् । आइतबारदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड पोखरा जान लागेका हुन्।
प्रधानमन्त्री बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्ने जनाइएको छ ।
विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट जाने यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने भएको छ ।