November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले बोलाए विभिन्न मन्त्रालयका सचिवहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गरिने छ ।

प्रधानमन्त्री पदको शपथ ग्रहण गरेपछि सचिवहरुसँगको प्रचण्डको यो पहिलो छलफल हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

Advertisement