November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पुरानै घर फर्किए स्वतन्त्र सांसद दीपेन्द्र कुमार पुनमगर

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल(नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान दीपेन्द्रलाई पार्टी प्रवेश गराएका हुन् । दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरेका हुन् ।

रोल्पाको प्रदेश सभा क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Advertisement

दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका दीपेन्द्रको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।