काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् । बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरू एकै ठाउँमा उभिएको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, प्रतिस्पर्धा भयो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ, यहि प्रक्रियामा हुन्छ ।’
राष्ट्रपतिको कुरामा भने समय अझैँ बाँकी नै रहेको बताए । ‘हामी सत्ता साझेदार र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’, माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।