November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राष्ट्रपति चुनावमा काँग्रेसले उम्मेदवारी दिन्छ: शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसले प्रचण्ड सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएको बताएका हुन् ।

कोइरालाले राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको र पार्टीले आफ्नो उम्मेदवार दिने पनि बताए । उनले भने, ‘राष्ट्रपति चुनावमा काँग्रेसले उम्मेदवारी दिन्छ । अन्य दलसँग पनि यसबारे छफलफल भइरहेको छ ।’

काँग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको भने प्रमुख प्रतिपक्षी दलका रूपमा संसदमा छ ।

Advertisement