November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । पार्टीले हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर हालै पार्टी प्रवेश गरेका नेता भूसाललाई महासचिव बनाउन लागेको स्रोतले जनाएको छ ।

माघ २१–२२ मा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट यसको औपचारिक निर्णय हुने जनाइएको छ । भुसालले चुनावअघि एमाले त्यागेका थिए । उनले २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

यस्तै, नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको प्रयास रहेको छ । गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् । गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका छन् ।

Advertisement