काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गरेका छन् । विहीबार अध्यक्ष नेपालले विपी स्मारक तथा घण्टाघरको शिलान्यास गरेका हुन् ।
केही दिनदेखि गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरेका हुन् ।
गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।