काठमाडौं । रवि लामिछानेले आफूसँग कुनै प्रश्नको जवाफ नभएको बताएका छन् । शुक्रबार साँझ सर्वोच्च अदालले गरेको फैसलालाई स्वागत गर्ने बताउने लामिछानेले अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताएका हुन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा गृह मन्त्रालयमै रहेका लामिछनेले मन्त्रालयबाट बाहिरिने क्रममा अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका हुन् ।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
सञ्चारकर्मीको अधिकांश प्रश्नमा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिएका छन् ।