November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी स्वतः पदमुक्त हुन् ।

मदमुक्त लामिछानेले भएसँगै शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । बालुवाटार स्रोतका अनुसार लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ । त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी छ ।

राजनीति प्रवेश गरेको ६ महिनामै राजनीतिक उचाइ प्राप्तगरेका लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको ३२ दिनमा पदमुक्त भएका हुन् । उनले पुस ११ मा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए ।

Advertisement