बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । गौतमलाई शनिबार भैरहवामा आयोजित कार्यक्रमबीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।
गौतमलाई कुन जिम्मेवारी दिने भन्ने चाहिँ अहिले टुंगो लागिनसकेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनलाई के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्ने उनको भनाइ छ ।
पत्रकार ऋषि धमलाकी पत्नी गौतमले केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । अभिनयबाट खासै सफलता पाउन नसकेकी गौतम राजनीति प्रवेश गर्नुलाई योजनाबद्ध हुन सक्ने धेरैको टिप्पणी छ ।
एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका बैंकर तथा व्यवसायी राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।