November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेत्र विशेषज्ञ डा. रुइतलाई  ‘दृष्टि देवता’  को संज्ञासहित सम्मान

काठमाडौं । नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । स्वयम्भू नजिकैको डल्लु आवास क्षेत्रका वासिन्दाले शनिबार बिहान  उनको घर पुगेर सम्मान गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सचिव  जीवनराम श्रेष्ठ, काठमाडौं १५ नम्बर वडाध्यक्ष ईश्वरमान डंगोल, डल्लु आवास क्षेत्रका संयोजक राधा शाक्यसहितको टोलीले डा. रुइतलाई सम्मान गरेको हो । 

 डल्लु आवास क्षेत्र सहयोग समितिका सल्लाहकार डा .रुइतलाई ‘दृष्टि देवता’ को संज्ञा दिइएको छ। उनी बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित भएको खुशियालीमा उक्त आवासका स्थानीयले अभिनन्दन गरेका हुन् ।

Advertisement

ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मिएका उनले मोतियाबिन्दुको उपचारमा सरल र सस्तो पद्धतिको आविष्कार गरेपछि विश्व चर्चित बनेका हुन् । आगामी दिनमा आफ्नो क्षेत्रमा थप सफलताको निम्ति स्थानीयले शुभकामना पनि दिएका छन् ।

नेता झलनाथ खनालले मानव जीवनको प्रमुख अंग आँखाको ज्योति दिन सफल बनेकोमा सम्पूर्ण नेपाली गौरवान्वित बनेको भन्दै थप सफलता र सत्कर्मको अपेक्षासहित रुईतले पाएको उपलब्धि देशकै उपलब्धि सिंगो मानव समाजको गौरवको विषय भएको बताए । नेता खनालले विश्व मानव समुदायले गौरव महसुस गरेको भन्दै नेपालीहरूको तर्फबाट आगामी दिनमा पनि महत्वपूर्ण योगदान अनुसन्धान र आविश्कार गर्न सकुन भन्ने शुभकामना  व्यक्त गरेका थिए ।