काठमाडौँ । निजी कम्पनीलाई पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ । बुधबार अनेरास्ववियूले निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको बताए । उनले जनक शिक्षा सामाग्री केन्द्र आफैँले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनु पर्ने भन्दै शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने र त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने बताए ।