November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकः अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको छ । अध्यक्ष नेपालले शनिबार केन्द्रीय कमिटीको पाँचौ बैठकमा २५ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठक आइतबार विहान ८ बजेबाट चल्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार छलफलको क्रम जारी रहेकाले बैठक भोलिसम्म चल्ने भएको हो । आइतबार छलफल समूहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

Advertisement