September 1, 2026, Tuesday
२०८३ भाद्र १७
1:37:26 pm

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते आइतबार उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैशाख १० गते मिति तोकेको हो।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

Advertisement