November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको कार्यक्रम त्यही मनाउने छन् ।

प्रधानमन्त्री प्रचण्ड कैलाली, गेटास्थित मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली जान लागको हुन् ।

प्रधानमन्त्री आजै काठमाडौं फर्कने जनाइएको छ ।

Advertisement