November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

समाजवादी पेशागत कानून व्यवसायी संगठन कास्कीको अध्यक्षमा खत्री

पोखरा । समाजवादी पेशागत कानून व्यवसायी संगठन कास्कीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । समाजवादी पेशागत कानून व्यवसायी संगठन नेपाल कानून फाँटका केन्द्रीय इञ्चार्ज घनप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले वर्तमान सन्दर्भमा पार्टी र संगठनको हकहितका सवालमा काम गर्न र जनताका काममा ध्यान दिन अनुरोध गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटीका सदस्य तुलबहादुर गुरुङ, चुडामणि जंगली र पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालको उपस्थिति थियो ।

भेलाले ध्रुव खत्रीको अध्यक्ष रहेको ७ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डि.पी अधिकारी सचिव दधिराम पौडेल कोषाध्यक्ष घनश्याम बराल र सदस्यहरू मातृका लामिछाने सुमन ढुंगाना र गंगाप्रसाद सुवेदी रहेका थिए । समाजवादी पेशागत कानून व्यवसायी सङ्गठनका केन्द्रीय उपाध्यक्ष शुकदेव गौतमले जानकारी दिए ।

Advertisement