सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासंघ कर्णाली प्रदेश कमिटी अध्यक्षमा कालिकोटका नमराज न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । महासंघ कर्णाली प्रदेश इन्चार्ज रत्ना गिरीको अध्यक्षता र महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो प्रदेश भेलाले न्यौपानेलाई तदर्थ समिति अध्यक्षमा निर्वाचित गरेको हो ।
एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य कृष्ण वि. सी. को विशेष आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा प्रकाशचन्द्र थापा र टोपबहादुर महतारा ,सचिव रामप्रसाद जैशी, उपसचिव जित बहादुर तिरुवा र दिवाकर ऐरी लाई निर्वाचित गरेको छ ।
पार्टी कालिकोट जिल्ला कमिटी अध्यक्ष विश्वराज वम र सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल लगायत ट्रेड युनियनकर्मीको व्यापक उपस्थिति रहेको भेलाबाट २१ सदस्यीय कमिटी गठन भएको बताइएको छ ।