November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा काँग्रेसका गोविन्द बेल्वासे विजयी

काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा काँग्रेसका गोविन्द बेल्वासे विजयी भएका छन् । काँग्रेस माओवादी प्यानलबाट चुनाव लडेका बेल्वासे ८६ मत ल्याएर विजयी भएका हुन् ।

बेल्वासेका निकटतम प्रतिद्वन्द्वी एमाले समर्थित विनोद न्यौपानेले ६० मत प्राप्त गरे । स्वतन्त्र रुपमा उठेका अध्यक्षमा अर्का उम्मेदवार विष्णु खड्का ३५ मत ल्याएर तेस्रो भए । कूल मतदाता २०२ थिए । त्यसमध्ये १८४ मत खसेको थियो ।

यस्तै, उपाध्यक्षमा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी भएकी छन् भने सचिवमा माओवादी समर्थित सरस्वती रिजाल र सहसचिवमा काँग्रेस समर्थित अर्जुन पौडेल विजयी भएका छन् । कोषाध्यक्षमा पनि माओवादी र काँग्रेसका साझा उम्मेदवार रामकृष्ण भेटवाल निर्वाचित भए ।

Advertisement

यसैगरी सदस्यहरुमा काँग्रेस र माओवादी समर्थित सदन राई र सकुन्तला भट्ट निर्वाचित भएका छन् । बाँकी सदस्यहरुमा एमाले समर्थित बिनुका शेर्पा, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ निर्वाचित भए ।

बुधबार भएको निर्वाचनमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । मतपरिणाम भने मिश्रित आएको छ ।