काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले फागुन ७ गते नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनकाविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातन्त्र थालनी भएको महत्त्वपूर्ण दिन भएको बताए । आइतबार सामाजिक संजालबाट प्रजातन्त्र दिवसको शुभकामना दिँदै नेता खनालले २००७ सालको क्रान्ति पश्चात् नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘आज फागुन ७, प्रजातन्त्र दिवसको दिन । यो ऐतिहासिक दिन, नेपालको इतिहासमा निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिन हो । प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
नेपालमा राजनीति परिवर्तन आउनुको पहिलो जग नै २००७ सालको क्रान्ति भएको खनालको भनाइ छ । खनाल लेख्छन्, ‘२००७ सालको क्रान्ति सम्पन्न भए पश्चात् नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश ग¥यो । यसबीचमा प्रजातन्त्रमाथि धेरै प्रकारका अवरोधहरू आए । ती तमाम अवरोधका बाबजुद हामीले २०४६ सालमा जनआन्दोलन मार्फत अर्को परिवर्तन ग¥यौँ । साथै, २०६२÷०६३ मा पूर्णरुपमा जनवादी क्रान्ति समेत सम्पन्न ग¥यौँ । फलस्वरूप, आज हामीले संविधान सभाको निर्वाचन मार्फत नेपालमा नयाँ संविधान निर्माण गरेका छौँ र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत समेत गरेका छौँ । यसरी हेर्दा, नेपालमा राजनीति परिवर्तन आउनुको पहिलो जग नै २००७ सालको क्रान्ति नै हो ।’
आजसम्मका यी प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले जोडदार प्रयत्न गर्नुपर्ने नेता खनालको भनाइ रहेको छ ।