काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गरेका छन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘भ्रममा नपरौ । हिजो देखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको समाचार बाहिरिएको थियो ।